काठमाडौं, चैत २२ – नेपाल आयाल निगमले सार्वजनिक बोल कबोलमार्फत संस्थाको कवाडी सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । एक सूचना जारी गर्दै निगमले आफुसँग भएको पुराना ९ वटा सवारी साधन विक्रि गर्ने जनाएको छ ।
संस्थासँग भएको १ नम्बर लटको ४ वटा मारुती कार, एउटा १९९५ मोडलको महिन्द्रा निसान, १९९९ मोडलको स्वोराज माज्दा, २००१ मोडलको यामाहा वाईबीएक्स, १९९५ मोडलको ईस्कर्ट आरएक्स र एउटा मोटरसाइकल लिलाम गर्ने भएको हो ।
यी गाडीहरु निगमको हाताभित्र जे जस्तो अवस्थामा छ सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गरिने निगमले जनाएको छ । इच्छुक खरिदकर्ता व्यक्ति, फर्म वा कम्पनीले सशर्त सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त हाल्न समेत निगमले आग्रह गरेको छ । उक्त ९ वटा गाडीको मूल्य न्यूनतम २ लाख ४२ हजार ९ सय ४३ रुपैयाँ निगमले प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS