काठमाडौँ — नेपाल आयल निगमले अत्याधुनिक प्रविधिसहित सुरक्षा मापदण्ड अपनाइएका नयाँ पेट्रोल पम्प खोल्न इजाजत दिने तयारी गरेको छ ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर आधुनिक प्रविधिसहितका पम्प खोल्ने गृहकार्य अघि बढाएको हो ।
पेट्रोल पम्पलाई व्यवस्थित समय अनुकूल बनाउन बिक्रेता विनियमाली संशोधन गरी नयाँ पम्प खोल्न लागिएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार हाल भइरहेका पम्प मापदण्डअनुरूप नभएकाले पनि मापदण्ड अनुरूपका पम्प खोल्ने तयारी गरिएको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्प खोल्न लागिएको जानकारी दिए ।
नयाँ खुल्ने पेट्रोल पम्पलाई अत्याधुनिक प्रविधिसहित थप सुरक्षाका मापदण्डको व्यवस्था गरिएको उनले बताए ।
त्यसैगरी हाल सञ्चालनमा रहेका पम्पलाई सुरक्षामैत्री बनाउन लागिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS