काठमाडौं, पुस ६ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घको २०औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै निगमको कुनै पनि हालतमा निजीकरण नहुने तर निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत गरिने बताए ।
पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको निगमले व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै बेलाबेलामा निगमलाई निजीकरण गर्नुपर्ने आवाज उठ्दै आएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टले भने, “व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार छ, तपाईहरु उपभोक्ताको सुरक्षाप्रति गम्भीर बन्नुहोस्, आफ्ना उत्पादन गुणस्तरीय छन् की छैनन् भनेर आफैँ अनुगमन गर्नुहोस् ।”
एलपी ग्यासमा अझै पनि उपभोक्ता ठगिइरहेका छन् भन्ने गुनासोप्रति उद्योगीको ध्यानाकर्षण गराउँदै उनले ग्यासको सिलिण्डर तौलेर तोकिएको परिणाममा ग्यास रहेको एकीन गरेर मात्र बिक्री वितरण गर्न आग्रह गरे ।
FACEBOOK COMMENTS