काठमाडौं,फागुन १८– आरएमडीसी लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्ला, बुंमती स्थित अपांगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको अपांग सेवा संघलाई सहयोग प्रदान गरेको छ ।
मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपांग सेवा संघका अध्यक्ष दया राम महर्जनलाई रू. ५० हजार बराबरको खाद्य सामाग्री र अपांग सेवा संघको नाममा रू. ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा अपांग सेवा संघका अध्यक्ष महर्जनले यस प्रकारको सहयोगले उक्त संघलाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिए ।
कम्पनीले नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS