ललितपुर-ललितपुर उद्योग वाणिज्य संघले देशमा हाल जारी लकडाउनको मोडालिटीमा परिवर्तनको खाँचो औल्याएको छ । संघले आर्थिक गतिविधिलाई चलायमान बनाउन आवश्यक रहेको ठहर गर्दै सरकारसँग लकडाउन खुकुलो पार्न आग्रह पनि गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारको तर्फबाट आवश्यक व्यवस्था गर्दै आर्थिक गतिविधि सुचारु गर्न माग गरेको हो ।
संघका अध्यक्ष कृष्णलाल महर्जनद्वारा जारी विज्ञप्तिअनुसार महिनौंसम्मको लकडाउनका कारण पुँजीको तरलतामा गम्भीर असर परिरहेकाले निजी क्षेत्रलाई आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिकसहित बैंकको ब्याज र किस्ता, घर तथा गोदामको भाडा तिर्न नै समस्या परिरहेको उल्लेख छ ।
लामो अन्तरालसम्म लकडाउन जारी रहदा त्यसबाट मुलुकको आर्थिक परिसूचकमा नकारात्मक असर पर्नजाने तथा देश र जनतालाई अपूरणीय क्षति पुग्ने अवस्था सिर्जना भएको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै, जेठ १९ गते आन्तरिक राजस्व विभागले कर तिर्न ताकेता गर्दै जारी गरेको सूचनाले झनै मर्माहत बनाएको संघले भनाई राखेको छ ।
FACEBOOK COMMENTS