तनहुँ / १० माघ : म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले लघु घरेलु तथा साना उद्योग विकास अहिलेकाे आवश्यकता रहेकाे बताएकी छिन्। म्याग्दे गाउँपालिकाकाे आयाेजनामा वडा न ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) काे वडा स्तरिय अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष रानाले सो कुरा राखेकी हुन । रानाले लघु घरेलु तथा साना उद्योग विकाससँगै दिगाे आर्थिक विकास हुने र उद्यमीको आम्दानीमा परिवर्तन हुने धारणा व्यक्त गर्दै आफुले सिकेकाे सिपलाई व्वहारमा लागू गर्दा कम लगानिमा घरेलु उद्योग संचालन गर्न सकिने र त्यसरि उद्योग गर्न चाहनेका लागि गाउँपालिकाले सहयाेग गर्ने बताईन ।
म्याग्दे गाउँ पालिकाका उपाध्यक्ष बालकृण्ण घिमिरेले एक व्याक्तिले धेरै तालिम लिनुभन्दा एउटा मात्र तालिम लिएर सिकेकाे सिपलाई प्रयाेग गर्न सकेका स्वाेराेजगार बन्न सक्ने बताए । उद्योग व्यवसाय गर्न चाहने युवाहरूलाई गाउँ पालिकाले आवश्यकता अनुसार प्रविधि तथा शिप विकासमा सहयाेग गर्दै जाने पनि उपाध्यक्ष घिमिरेले उल्लेख गरे ।
त्यसैगरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारि हुने बताए । लघु, घरेलु, तथा साना उद्योग संचालन गर्न सीप सिके पश्चात कम लगानिमा घर घरमै व्यवसाय संचालन गर्न सकिने भएकाले यस्ता तालिमबाट गाउँपालिकाले १ सय ३० जना उद्यमी सृजना गर्ने उदेश्यका साथ सिपसिकाउन लागेकाे पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रशिक्षण कार्यक्रममा जानकारी दिए । साे अवसरमा कार्यपत्र प्रस्तुत गर्दै उनले मेड्पा कार्यक्रम बारे प्रष्ट पारे ।
गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम संचालन प्रकृया बारेमा जानकारी दिन आयाेजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उद्यमी, कर्मचारी लगायतलाई कार्यक्रम बारे जानकारी दिने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे उद्योग विकास शाखा प्रमुख प्रदिप न्याैपानेले जानकारी दिए । वडा स्तरमा सचालित घरधुरि सर्वेक्षण, उद्यमशिलता तालिम, सिपविकास तालिम, बजार सन्जाल, बचत परिचालन लगायतका विषय जानकारी गराई नयाँ उद्यमी ९० र स्तराेउन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सृजना गर्ने लक्ष्य रहेकाे पनि उद्योग विकास शाखा प्रमुख न्याैपानेले जानकारी दिए । उद्यमी सृजना गर्न र कार्यक्रम बारेमा उद्यमीकै घरमा वा समुदायमा गएर गाउँपालिकाका उद्यम विकास सहजकर्ताले मेड माेडल बारेमा जानकारी गराउदै आएको न्याैपानेले जानकारी छन् ।
अभिमुखिकरण कार्यक्रम वडा न ५ का अध्यक्ष शिव वहादुर आलेको सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
FACEBOOK COMMENTS