काठमाडौं, जेठ १४ – अर्थमन्त्री विष्णु पौडेलले नेपालको आर्थिक विकासमा कोरोना भाइरसको महामारीले ठूलो धक्का दिएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री पौडेलले विनाशकारी भूकम्पले भन्दा कोरोना भाइरसको महामारीले नेपालीको आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित चालू आर्थिक वर्षमा ४.०१ प्रतिशतको वृद्धिदर अपेक्षा गरिएकोमा तेस्रो चौमासिकबाट कोभिडको दोस्रो लहरले यो वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण छ ।
शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट श्रृजित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए ।
उनले भने, ‘आर्थिक बर्ष २०७६/७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुनेगरी आर्थिक वृद्धि दर पछिल्लो २ दशकमै पहिलो पटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक बर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि उच्च हो ।’
स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक बर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बनेको मन्त्री पौडेलको भनाइ छ ।
पढ्र्नुहोस् पूरा प्रतिवेदन–
FACEBOOK COMMENTS