काठमाडौँ, भदौ २९ – इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिने भएको छ ।
महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गर्न लागिएको हो । यो लकडाउन तीन सातासम्म जारी रहने जनाइएको छ ।
दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले फेरि लकडाउन गर्न लागिएको जनाएका हुन् ।
लकडाउनको विरोधमा एक मन्त्रीले भने राजीनामा दिएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ९० लाख जनसंख्या भएको इजरायलमा कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजारभन्दा बढीलाई संक्रमण भएको छ।
यसअघि त्यहाँ मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म लकडाउन गरिएको थियो।
FACEBOOK COMMENTS