काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा परेपछि बर्खास्त गरिएका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकिएको छ ।
गएको असोज १९ गतेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई बर्खात गर्ने निर्णय गरेको थियो । सरकारले ढुंगानालाई बर्खास्त गरेसँगै उनले कात्तिक ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सोही मुद्दाको सुनुवाइका लागि आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकेका छन् । तर, न्यायाधीशहरूले सोमबारको इजलास बहिष्कार गरेको हुँदा आज पनि इजलास बस्ने/नबस्ने अन्योल रहेको अवस्थामा उक्त मुद्दाको सुनुवाइ हुने/ नहुने टुंगो छैन ।
FACEBOOK COMMENTS