डा.कृष्ण कुमार तामाङ;
विश्व परिप्रेक्ष्यमा आफना प्रतिद्वंद्वी विरुद्ध हर प्रकारको उपाय अवलम्बन गर्ने तरिका अस्वाभाविक र नौंलो होइन । सन् १९९८मा इराककमा वेपन्स अफ मास डेस्ट्रक्सन(डबल्युएमडी) अर्थात वृहत जनविनाशकारी हतियार गोप्य तबरबाट उत्पादनमा लागेको भनि अफवाह फैलाई विश्व जनमत आफ्नो पक्षमा जुटाउने प्रयास गर्दै न्यायोचित कार्य गरेको देखाउन अमेरिकाले भावी संकट टार्नको बहानामा सैनिक आविष्कारका नयाँ पुस्ताका हतियारका ताजा परिक्षणका अतिरिक्त विरोधी खेमाकालाई तर्साउन समेत इराक उपर ध्वस्त हुनेगरी हमला गरेको सन्दर्भ आफ्नै देश लगायत विश्वमञ्चमा तिब्र आलोच्य रहेको विषय पुरानो भई सकेको छैन ।
युद्ध जित्नका लागि गरिने विविध रणकौशलमा दुश्मनलाई भ्रमित तुल्याउन अदृश्य र खतरनाक विध्वंसात्मक हतियारका रुपमा मनोबैज्ञानिक सश्त्रास्त्र प्रयोग गरिन्छ । बैरीलाई मानसिक दबाब दिएर थकित र चकित गर्न सके आफु हाबी हुन सक्ने सम्भाव्यता बहुआयामिक हुने गर्दछ । यसै प्रसंगमा सन् १९८२मा बेलायत र अर्जेन्टिना बीच फोकलैण्ड युद्ध हुन्छ । बेलायती फौजका गोर्खाली सेना जब त्यस भूमिमा पुग्छ तब दुश्मनका हतियार काम नलाग्ने हुन्छ । आश्चर्य मान्न पर्ने किन बारुद र फलामका हतियार शिथिल तथा निष्क्रिय भए भन्ने सवालमा दुश्मनका हातले बन्दुक र गोलाबारुद समाउन सक्ने रहेनन् । मुटु कामेर हात गोडा लुलो भए कसरी दुश्मन सेना अर्जेन्टिनाले हतियार चलाउन् ? अर्का तिर बेलायती गोखाली सेनाले जय जय काली आयो गोर्खालीको गर्जनसाथ नांगो खुकुरीले छप्काएर मूला फाँडे जसरी अर्जेटिनीहरुको सखाप नाश गर्छ । यस युद्धमा तत्कालीन भिडन्तको समय युद्धक्षेत्रमा दुश्मनको भन्दा गोर्खालीको संख्या दस गुना कम भएता पनि जित गोर्खालीको पोल्टामा भएको थियो । आज पर्यन्त अर्जेन्टिनी जनतामा गोर्खालीको त्यो अदम्य साहस प्रदर्शित युद्ध हुनु पूर्व बेलायतले चलाएको हौवा र अफवाह त्याहाँका जनजीब्रोमा रहेको छ । बेलायती फौज भन्नाले गोराहरु लड्ने होइन भीरपाखा पहाडमा जन्मेर हुर्केका, जंगल, नदी र पहरामा खेल्ने, जंगली जनावर सरह हिंस्रक र आलो रगत पिउने, हरदम कम्मरमा खुकुरी नामको धारिलो हतियार भिर्ने जो एक पटक हातमा परे कसैलाई नकाटेसम्म फर्कएर दाबमा राखन नमिल्ने, हेर्दामा साना कद भएका र बिजुलीको जस्तो फुर्तिला, उकाली ओराली गर्दा पनि नथाक्ने, हिमाल मुन्तिर अनकण्टार अग्ला ठुला पर्वतमालाले घेरेको घना जंगल र बस्तीहरुमा बस्ने र कसैको डर नमान्ने नेपालको गोर्खाली प्रजाती अजिब प्राणी हो ।
गोर्खालीको रगतमा रातो रक्तकण अरुको भन्दा धेरै हुने गर्दछ र अक्सिजनको मात्रा अधिक ग्रहण गर्न सक्ने क्षमता र पुख्र्यौली समुद्री सतहदेखि धेरै उचाइको बसोबासका कारण अल्प अक्सिजनमा पनि बाँच्न सक्ने प्राकृतिक खुबीले गर्दा जस्तै भौगालिक परिस्थितिमा सहजै छिट्टै अनुकुल बन्न सक्ने शारीरिक बनौट भएका गोर्खाली जन्मजात लडाकु जैबिकगुण सम्पन्न हुने गर्दछ । त्यसतै परे नरभक्षी बन्न बेर नलाउने,काँचै माँसु खाने गोर्खालीले आन्द्रभुँडी, रगत रौं बाहेक केही नछाडी भुटेर, पोलेर खान कुनै जनावर नछाड्ने, देख्दा सामान्य र सरल भएता पनि बडो खतरनाक हुन्छ आदि इत्यादि । बेलायतीले यस्तै डरलाग्दा कथाहरु हालेर निडर र साहसी नेपालीलाई दानव जसरी चित्रित गरेता पनि दुश्मनको सातो उडाउने वंशज सुस्ताएको छैन ।
मनोबवज्ञानिक हतियार स्वरुप खेलको मैदानमा खेलाडी प्रतिस्पर्धीहरु एकले अर्कालाई वास्तविक भिडन्त अघि चकत्कारिक उपलव्धिका मनगढन्त किस्साहरु फिंजाएर परास्त गर्न मानसिक(भर्चुअल) लडाईमा तल्लीन रहन्छन् । निर्वासित भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भुटानको शाही सल्लाह मण्डलको पार्षद भई मन्त्रिपरिषद तथा शाही निजामती सेवा आयोगका सदस्य रहेर बटुलेका तीता अनुभवमा माइण्ड कन्ट्रोल/मनमष्तिष्क नियन्त्रणको शिकार भएको टर्चर किलिङ्ग मि सफ्टली पुस्तकले मनोविज्ञानको प्रभाव दर्शाउँछ ।
नेपाली भूमिमा स्वघोषित इण्डियाको स्वामित्व रहेको लिम्पियाधुरा–मानसरोवर जोड्ने निर्मित सडक जायज रहेको दाबी गर्दै इण्डियाले नेपालको राजतन्त्र तथा राष्ट्रिय हिन्दु धर्म फ्याल्न र संविधान ल्याउन कम्युनिष्टलाई गरेको मदद्को बदला नेपाल र नेपाली जनताका विरोधको जवाफमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आएको भारतीय सेनाका अवकास प्राप्त दुई तारे मेजर जनरल गगन दीप बक्सीको एक नमुनारुपी मनोवैज्ञानिक अस्त्र हो । पाकिस्तान विरुद्ध मोर्चामा डटेर संगालेका (साइकोलोजिकल वारफेयर)युद्धको रणनीतिक अनुभूतिको झलक मिल्ने सुरक्षाविद् जनरलको असफल प्रयत्न नेपालले बुझ्न कठिन छैन ।
जनरल बक्सीले नेपालीलाई राजनीतिक परिवर्तन ल्याउन सघाएकोमा आत्म आलोचना गर्दै पछुतो मानेर नेपाल र नेपालीको सम्मानजनक शव्दावलीका साथ भावनात्मक परम्परागत र ऐतिहासिक सम्बन्धको दुहाई दिएका छन् । प्रत्यक्ष टेलिभजन अन्तरक्रियाको बहस कार्यक्रम मार्फत धार्मिक, सांस्कृतिक र आध्यात्म्य सम्बद्ध मान्यताहरु धरापमा पारेर वर्तमान इण्डियाको सडक निर्माण कार्यको नेपाल, नेपाली र पूर्वमन्त्रि मिनेन्द्र रिजाल लगायत प्रधानमन्त्रि केपि ओलीको अनाधिकृत विरोध गलत रहेको विचार पोखेको मात्र होइन । घुमाउरो पाराले नेपाली जनमानसमा नेता र दलहरु प्रतिकुल वातावरण बन्न र बनाउनका लागि विद्रोह जन्माउन बीजारोपणको प्रयास गरेको बुझ्न जरुरी छ । निजको भनाई शतप्रति शत सत्य भएपनि त्यसैमा अल्झिएर आपसी विवाद गर्नुको औचित्य र सान्दर्भिकता टरी सकेको छ । ऐकबद्धता र राष्ट्रवादको अनुपम दृष्टान्त बनेकोवर्तमान माहौलमा नेपालीहरु आपसमा रणभुल्लमा पर्न हुदैंन । अन्यौल र असमझदारीको सम्भाव्य बिउ छरेर सँधियारले नेपालीलाई जुधाएर कमजोर बनाई फाइदा लिने दाव खेलेको चालमा परिएला सतर्क रहनु पर्दछ । नेपालीको एकता र स्वाभिमान भाँड्ने र भडकाउने खाले विचार उत्तेजक भाषणको प्रत्युत्तर संयम र तार्किकढंगबाट प्रस्तुत गरिनाले अन्तर्राष्ट्रिय जगतबाट समर्थन तथा सहयोग निशर्त ओइरो लाग्छ, धैर्य गरौं ।
लेखक डा.कृष्ण कुमार तामाङ सुरक्षाविद् तथा राजनीति विश्लेषक एआइजी सप्रब(अवकाश प्राप्त) हुनुहुन्छ ।
FACEBOOK COMMENTS