मदन तिमल्सेना तनहुँ, माघ २८- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तनहुँको भानु नगरपालिकामा कार्यरत ईञ्जिनियर र वडा सदस्यलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिकाको वडा नं. १३ समजुर स्थित जनसहयोगी माध्यमिक विद्यालयको निवनिर्मित ४ कोठ भवनको कागजपत्र मिलाउने नाममा विद्यालयबाट ७५ हजार घुस लिएको आरोपमा रकम सहित नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र सोही वडाका वडासदस्य कृष्णबहादुर अधिकारी अख्तियारको फन्दामा परेका हुन्।
FACEBOOK COMMENTS