काठमाण्डौँ — सरकारले प्रलोभनमा परी विनाप्रतिस्पर्धा प्रभु डिजिटललाई मात्र फ्रिक्वेन्सी दिन लागेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनीहरू विरोधमा उत्रिएका छन्।
राष्ट्रिय सम्पत्तिका रूपमा रहेको रेडियो फ्रिक्वेन्सी लीलाम बढाबढबाट वितरण गर्नुपर्नेमा एक पक्षीय ढंगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रभुलाई खुसुक्क दिन लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।
कम्पनीहरूले शुक्रबार फ्रिक्वेन्सी वितरक नेपाल दूरसञ्चार प्राधिकरणपरिसरमा भेला भई कार्यालय घेराउ तथा विरोध जनाएका छन्।
मन्त्रालयले टेलिभिजनको प्रयोजनका लागि प्रयोग गरिँदै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिन लागेकाले यसको विरोध गरिएको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ।
केही वर्षपहिले टेन्डरका आधारमा इन्टरनेट सेवा प्रदायकलाई फ्रिक्वेन्सी वितरण गर्ने निर्णय भए पनि अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दबाबमा प्रभु डिजिटललाई फ्रिक्वेन्सी दिन लागेपछि यसको विरोध भएको संघका अध्यक्ष भोजराज भट्टले बताए।
टेलिभिजन सञ्चालनको अनुमति पाएको कम्पनीले इन्टरनेट सञ्चालनको फ्रिक्वेन्सी लिई इन्टरनेट सञ्चालन गर्ने चलखेल गरिरहेको उनले दाबी गरे।
— नागरीक
FACEBOOK COMMENTS