काठमाडौं, चैत १ – हिन्दू संस्कृति र इतिहास नेपालमात्र होइन विदेशमा पनि हिन्दू मन्दिरको प्रभाव रहेको पाइन्छ । इन्डोनेशिया यी सुन्दर मन्दिर संसारकै सुन्दर हिन्दू मन्दिरका रुपमा चिनिन्छन् । जुन युनेस्कोमा समेत सूचीकृत छन् ।
१० औं शताब्दीमा बनेको यस प्रम्बानन मन्दिर निकै प्रसिद्ध छ । जावाका प्रबु बका नामका राजाले यस मन्दिरमा रहेको दुर्गामाताको भक्त रहेको थियो र उनले मन्दिरमा ९ सय ९९ प्रतिमाहरु निर्माण रहेको कथन छ । यस मन्दिरलाई स्थानीयहरु रोरो जोंग्गरंगको नामले पनि चिनिन्छ ।
इन्डोनेसियाको बालीमा बनेको यो मन्दिर निकै पुरानो हो । बेसकिह शब्द संस्कृतको वासुकि शब्दबाट आएको मानिन्छ । वासुकी नागको धेरै धर्मग्रन्थहरूमा व्याख्या पाइन्छ । वासुकि शब्दलाई कालान्तरमा जावाभाषामा परिवर्तन गरेर बेसकिह नाम दिएका हुन् । जावा भाषामा बेसकिहको अर्थ हो बधाई ।
देवी सरस्वतीलाई समर्पित गरेर बनाइएको यस मन्दिर बालीको उबुदमा पर्दछ । देवी हिन्दू धर्ममा विद्या,ज्ञान र संगीतको देवीको रुपमा मानिन्छ । यहाँ पनि देवी सरस्वतीलाई पुजा ज्ञान र विद्याकी देवीका रुपमा पुज्ने गरिन्छ । यहाँ एक सुन्दर कुण्ड पनि रहेको छ । जुन यस मन्दिरको मुख्य आकर्षण हो । यहाँ हरेक दिन भजनकीर्तन हुने गर्छ ।
यो मन्दिर इन्डोनेशियाको बालीस्थित बिशाल समुन्द्रीतटको चट्टानमा रहेको छ । यो मन्दिर १६ औं शताब्दीमा निर्माण भएको थियो । यो मन्दिरमा समुन्द्री किनारमा बनेको अरु सात मन्दिरसँगै रहेको छ । मन्दिरको मुनि नागको प्रतिमा रहेको छ । जसले मन्दिरको रक्षा गरेको विश्वास पाइन्छ ।
FACEBOOK COMMENTS