काठमाडौं । इन्डोनेसियाको जाभा र बालीमा कोभिड १९ संक्रमण बढेपछि लकडाउनको घोषणा गरिएको छ। इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले कोरोना संक्रमण बढेको भन्दै लकडाउन घोषणा गरेका हुन्।
इन्डोनेसियामा ‘होलिडे ट्राभल’ बढेको र डेल्टा भेरियन्टका कारण संक्रमण पनि बढेको बताइएको छ।दैनिक १० हजारभन्दा कम संक्रमित पुर्याउन दुई हप्ताका लागि लकडाउन लागू गरिएको हो। अहिले दैनिक २० हजार भन्दा बढी संक्रमित इन्डोनेसियामा पहिचान हुँदै आएका छन्। हाल जकार्ता बाहेक अन्य स्थानमा पर्याप्त मात्रामा संक्रमणको परीक्षण नभएको भन्दै विज्ञहरुले संक्रमितको संख्याम बढ्न सक्ने बताएका छन्।
लकडाउनको समयमा अत्यावश्यक बाहेकका सेवा दिन कर्मचारीहरुले ‘वर्क फ्रम होम’ गर्नुपर्नेछ। विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउनुपर्नेछ। सपिङ मल, पार्क, प्रार्थना स्थलहरु पनि बन्द रहनेछन्।
बेलायत, अस्ट्रेलिया,बंगादेश लगायतका देशरुमा पनि डेल्टा भेरियन्टका कारण संक्रमण बढ्दै गएको छ। भारतमा भने डेल्टा प्लस भेरियन्टले संक्रमण दर बढाउन सक्ने भन्दै विज्ञहरुले पूर्व तयारीका लागि आह्वान गरेका छन्।
FACEBOOK COMMENTS