काठमाडौं, पुस २९ – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई मुनाफाबाट १९ प्रतिशत लाभांशको दिने प्रस्ताव पारित गरेको छ ।
सोमबार कठमाडौंमा सम्पन्न बैंकको ३३औं वार्षिक साधारणसभाले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट १०।५ प्रतिशत बोनस सेयर र ८।५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले चालू आर्थिक वर्षमा तीन अर्ब ३२ करोड खुद नाफा गरेको छ । कुल निक्षेप र कुल कर्जा प्रवाहमा वृद्धि भएको तथा कुल लगानीमासमेत वृद्धि भइ १७ अर्ब २२ करोड कायम भएको बैंकले जनाएको छ । यसका साथै बैंकले गाभ्ने र प्राप्तीको लागि पनि तयारी गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS