काठमाडौं, पुस २९ – इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले सीटी एक्सप्रेस फाइनान्स कम्पनी प्राप्ति (एक्विजिसन)गर्ने सम्बन्धि सम्झैतापत्रमा हस्ताक्षर गरेको छ ।
सोमबार दुबै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर (एमओयु) भएको छ । यसअघि एस डेमलपमेन्ट बैंक र जेविल्स फाइनान्स गाभिसकेको इन्भेष्टमेन्ट बैंकले फेरी नयाँ संस्था किन्न लागेको हो ।
यो सँगैसीटी फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सोमबार देखि सेयर कारोबार रोक्का गरेको हो ।
दुई संस्थाबीच प्राप्तिको सहमति भएपनि सेयर मिलान अनुपान (स्वाप) डीडीएले तय गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS