काठमाडौं, असोज ८ – नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी २४ लाख इकाई सङ्घसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैङ्कले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेन्चर २०८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।
ऋणपत्र बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
FACEBOOK COMMENTS