काठमाडौं – नेपाल (इमान) को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन तथा संस्क्रिती मन्त्री कृयाशुर शेर्पाले संघको औपचारिक शुभारम्भ भएको घोसणा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शेर्पाले कार्यक्रम ब्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले कार्यक्रम ब्यवस्थापनको क्षेत्रमा कृयाशिल आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी ढंगले कार्यक्रम सम्पन्न गराउन अभिप्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रम ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लब बहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीताले समाज परिर्वतनसँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको र बताए ।