काठमाडौं, २४ आश्विन- सिभिल ग्रुपका अध्यक्ष एवम् सांसद ईच्छाराम तामाङले आफ्नो लगानी रहेको सिटिसी मलमा वितण्डा मच्चाउँदा सिटिसी मलमा सटर भाडामा लिई व्यवसाय गर्नेहरु तनावमा परेका छन् ।
कोविडका कारण लामो समयसम्म देशको राजधानी सहित मुलुकभरमा नै लकडाउन गरिएपछि लामो समयसम्म सिंगो देश नै ठप्प रह्यो भने व्यवसायीहरुले व्यापार गर्न नै पाएनन् । अझैसम्म पनि कतिपय व्यवसायीले व्यवसाय संचालन गर्नै पाएका छैनन् भने स्विकृती पाएकाहरुले पनि निर्वाद रुपमा व्यवसाय संचालन गर्नै पाएका छैनन् ।
काठमाडौं उपत्यकाको हकमा कुरा गर्ने हो भने राजधानी भएकाले, देशको एक मात्र अन्तरास्ट्रिय एयरपोर्ट भएकाले, सडक संजाल हुँदै देशका विभिन्न स्थलबाट मानिसहरु आउजाउ गर्नाले कोविड अघि व्यापार गर्न खासै ठुलो समस्या हुन्थ्येन । हाल विगतमा जस्तो ट्राफिक फ्लो पनि छैन, कतिपय व्यवसायमा लागेको पावन्दी अझै खुलेको छैन, स्वास्थ्य संक्रमणको दर बढदै गईरहेको छ, सटर धनीको लागत खर्च समेत बढन पुगेको छ ।
यस्तो अवस्था पनि ठुलो व्यापारी र पुर्व सांसद भएर प्रतिस्ठाको ख्याल गर्नुपर्ने तहको मानिसबाटै संचालित मल भित्र व्यवसायीहरु निकै पिडा महशुश गर्नुपरेको छ भन्दा पत्याउनै गार्हो हुन सक्छ । हो, इच्छाराम तामाङको भाईमारा निती अर्थात साना व्यापारीलाई शोषण गर्ने नितीका कारण सिटिसी मल भित्र व्यापार व्यवसाय गर्दै आएका तमाम व्यवसायीहरुले आहात महशुश गर्नुपरेको छ । कहरै बीच सबै जसो मलहरुले व्यवसायिक वातावरण बनाउन कोसिस गरिरहेका छन् भने व्यवसाय गर्नेहरुलाई छुट समेत दिएका छन् ।
तर तामाङ नेतृत्व र मुख्य लगानी रहेको सिटिसी मल व्यवस्थापनले लकडाउन अर्थात बन्दाबन्दी समयको राज्यले छुट देउ भनेको रकम छुट दिनु त परको कुरा उल्टो सरकारले लिनुपर्ने कर समेत अफैले जोडेर मोटो रकम माग गरे पछी ब्यवसायीहरु विलखबन्दमा परेका छन् ।
यस अघि अर्थात डेढ महिना अघि मात्रै सिटिसी मलमा संचालित सिडिसिका प्रबन्धक पवन धानकुटेले आत्महत्या गरिसकेका छन् । हालसम्म पनि मल भित्र रहेका फिट्नेस पार्क , फेसियल हाउस , चाईनीज रेष्टुरेन्ट लगायतका धेरै ब्यवसाय खुल्न सकेको छैनन्, राज्यले नै नखोल्नु भनेको छ । सिटिसि मल व्यवस्थापक समिर राईको दादागिरी र ईच्छाराज तामाङको व्यापारी भाईमारा नितीका कारण व्यवसायीहरु अन्यौलमा परेका हुन । व्यवसायीहरुका अनुसार बहाल समेत बढाएर मोटो रकम माग गर्न थालिएको छ । सिभिल ग्रुपको यस्तै दादागिरीका कारण सिटिसि मलमा मात्र हैन यो ग्रुपले हातहालेको प्राय सबै ठाउँमा व्यवसाय गर्ने व्यवसायी, ग्राहकहरु धुरु धुरु रुनु पर्ने अवस्थामा पुगेका छन् ।
FACEBOOK COMMENTS