काठमाडौं । इलेक्ट्रिक गाडी ब्रान्डहरू नामी र सेरेसले ‘प्री बजेट ब्याश’ अफर सार्वजनिक गरेका छन् ।
बैसाख १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५ दशमलव ९९ लाख रुपैयाँमा र पावरफुल सेरेस ईभी ८ दशमलव ९९ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन्। अफर देशभर रहेका नामी र सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ।
ग्राहकहरूले नयाँ गाडीको टेस्ट ड्राइभ गर्न, पुराना गाडी साटफेर गर्न एक्सचेन्ज क्याम्पमा भाग लिन र छिटो डेलिभरीको सुविधा पाउनेछन्। नामीमा अधिकतम १ लाख रुपैयाँ र सेरेसमा २ लाख रुपैयाँसम्मको लाभ उपलब्ध हुनेछ।
अफर अवधिभर टेस्ट ड्राइभ गर्ने व्यक्तिहरूलाई विशेष उपहार दिइनेछ। गाडी बुकिङ गर्ने ग्राहकहरूले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने मौका पाउने छन्।
गाडी बुक गर्ने एक भाग्यमानी जोडीले थाइल्याण्ड ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजनाले आइफोन १६ प्रो म्याक्स जित्ने अवसर पाउनेछन्।
इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको नामी वा सेरेस शोरूममा बैसाख १८ देखि २२ गतेसम्म भ्रमण गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS