काठमाडौं, पुस १२ –ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ ।
फाइभजीको ब्यवसायीकरण तथा तीब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिती दर्साउने यो पहल ओपोका लागि निकै महत्वकांक्षी कदमका रुपमा रहेको छ ।
“ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ । भारतमा फाइभजी ल्याबको स्थापनासंगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरूको निर्माण हाम्रो प्रमुख उद्देश्य हो”, ओपो रिचर्स ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, “हाम्रा पार्टनर्सहरूका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडि बढाउन यसले उल्लेख्य तेवा पु¥याउने हाम्रो विश्वास छ ।”
विकास अग्रसर ओपोको यो कदमले ब्राण्डद्वारा भरखरै घोषित थ्री–एन–एक्स रणनीतिको सटिक प्रतिनिधित्वपनि गरेको छ । जहाँ “एन”ले फाइभजी, एआई र कनेक्टिभिटी लगायत आवश्यक दक्षता वा क्षमताको प्रतिनिधित्व गर्छ । स्थापित नयाँ ल्याबले यावत् क्षेत्रहरुमा प्राविधिक क्रान्तिका लागि सुधारोन्मुख कार्य गर्नेछ ।
फाइभजी क्षेत्रकै एक सक्रिय कम्पनीका रुपमा ओपोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेशन विकास तथा नवप्रबर्तनका क्षेत्रमा उल्लेखनिय योगदान दिँदै आइरहेको छ ।
सन् २०१५ मा एकीकृत थ्रीजीपीपी मानकका लागि ग्लोबल पुश गर्ने ओपो नै एक मात्र कम्पनीका रुपमा रहेको थियो ।
सन् २०२०को सेप्टेम्बरसम्म आईपुग्दा ओपोले तीन हजार भन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मानक सम्बन्धि प्रस्तावना पेश गरिसकेको छ ।
१ हजार फाइभजी मानक प्याटेन्ट फेमिलिज् ईटीएसआईका लागि घोषणा गरिसकेको छ । जापानी रिसर्च ईन्ष्टिच्यूशन एनजीबी कर्पोरेशनका अनसार फाइभजी प्याटेन्ट फेमिलिज घोषणा गर्ने कुरामा ओपो वैश्विकस्तरमै दश अग्रणी कम्पनी मध्यको एकमा पर्दछ ।
वैश्विक बजारमा फाइभजीको ब्यवसायिकरणलाई तिब्रता दिन ओपोले एरिक्शन र क्वालकम जस्ता औद्योगिक क्षेत्रमै अग्रणी पार्टनर्सहरूसंग नजिक रही सहकार्य अघि बढाइरहेको छ ।
FACEBOOK COMMENTS