काठमाडौं– उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले सरकारले चिनीको मुल्य छिट्टै तोक्ने बताएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्त हित समितिको बैठकमा मन्त्री यादवले चिनीको मुल्य पहिल्लै तोकिनु पर्नेमा ढिला भएको बताएका हुन् ।
कृषी मन्त्रालय प्रविधिक समितिको सिफारिस अनुसारको मुल्य तोकिने बताएका छन् । उनले समितिको सिफारिस एक दुई दिनमै मन्त्रीपरिषद बाट पास हुने र छिट्टै चिनी उद्योग सञ्चालनमा आउने बताएका छन् ।
उद्योग सचिव यम कुमारी खतिवडाले खुल्ला बजारमा सरकारले सबै वस्तुको मुल्य तोक्न नसक्ने बताइन् । उनले रियल कस्टको आधारमा अधिकतम मुल्य तोक्न सक्ने बताइन् ।
सरकार र चिनी उद्योगी बीच जुहारी
कृषी मन्त्रालयका सचिबले प्रविधीक समितिको सिफारिसको आधारमा चिनीको बजार मुल्य अधिकतम ७० रुपैयाँ हुने बताएका छन् भने चिनी उद्योगी शशिकान्त अग्रवालले समितिको सिफरिस मुल्य पास भए बजार मुल्य ९० रुपैयाँ हुने बताएको छ ।
उद्योगी शशिकान्त अग्रवालले सय किलो उखुको औषत ९ केजी चिनी उत्पादन हुने बताएका छन् । उनले सरकारले सिफारिस गरेको मुल्यको आधारमा प्रतिकेजी उखुको ५६ रुपैयाँ , चीनी उत्पानको लागत १२ रुपैयाँ , नाफा ६ रुपैयाँ र भ्याट ९ रुपैयाँ जोड्दा ८१ रुपैयाँ हुन आउने र बजार ढुवानी सहित खुद्रा विक्री गर्दा ९० रुपैयाँ हुन आउने उनको दाबी छ ।
सरकार चिनी उद्योगीको जुहारीका कारण चिनी उद्योग अझै सञ्चालन हुन सकेका छैनन् ।
FACEBOOK COMMENTS