काठमाण्डौँ — सांसदहरुले उखुको मूल्य निर्धारण गरेर चिनी उद्योग खुलाउन माग सरकारसँग राखेका छन् ।
चिनी उद्योगले उखुको मूल्य घटाउन दबाब दिन कात्तिक अन्तिमदेखि खुल्ने उद्योग पुसको दोस्रो सातासम्म पनि बन्द गरेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चिनी उद्योग सञ्चालन नहुँदा तीन लाख ७० हजार किसान प्रभावित भएको सांसद् हृदयेश त्रिपाठीले बताए ।
अर्का सांसद अमरेशकुमार सिंहले पनि सरकार र चिनी मिल सञ्चालकको मिलोमतोमा किसानको उखु बाली खेतमै रहेको आरोप लगाए ।
— कान्तिपुर
FACEBOOK COMMENTS