रौतहट– उखु किसान र चिनी उत्पादक उद्योगीहरूबीच उखुको मूल्यमा सहमति कायम भएको छ।
सहमति नहुँदा किसानको उखु खेतमै सुक्न लागेका थिए।
सरकारले चालू आर्थिक वर्षका लागि तोकेको प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसामा खरीद–बिक्री गर्ने सहमति भएको हो।
यसअघि सरकारले तोकेको मूल्यमा उखु किन्न नसकिने उद्योगीहरूले बताउँदै आएका थिए।
सरकारले निर्धारण गरेको मूल्यमा उद्योगले उखु खरीद गर्ने, ३० देखि ४५ दिनमा तालिका निकालेर भुक्तानी दिने, किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र उद्योगपति तथा किसान मिलेर सरकारलाई चिनी उचित मूल्यमा बिक्री– वितरण गराउन दबाब दिने सहमति भएको जनाइएको छ ।
बन्द रहेका चिनी मिलहरू उक्त सहमतिपछि केही दिनमै सञ्चालनमा आउने भएका छन्।
FACEBOOK COMMENTS