काठमाण्डौँ — सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद थप गरेको छ ।
निर्धारित समयमा काम नसकेकाले आयोगको म्याद ३७ दिन थपिएको हो ।
प्रारम्भिक प्रतिवेदन तयार पारेको आयोगले सरोकारवालाको राय–सुझाव संकलनका लागि पुस २२ सम्मको समय मागेको शिक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषदको निर्णयअनुसार गत असार ३१ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा २४ सदस्यीय आयोग गठन भएको थियो।
प्रारम्भिक प्रतिवेदनसहित आयोगको टोली सुझाव संकलनका लागि ७ वटै प्रदेश पुगेको छ।
सोमबार प्रदेश ३ को राजधानी हेटौंडामा सरोकारवालासँग छलफल गरिएको थियो।
७ वटै प्रदेशका मुख्यमन्त्री, शिक्षा हेर्ने सामाजिक विकासमन्त्री र सरोकारवालासँग सुझाव संकलन गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। ‘
अन्तिम प्रतिवेदन सार्वजनिक गर्नुअघि राष्ट्रिय सम्मेलन गरेर सरोकारवालाको सुझाव संकलन गरिने आयोगले जनाएको छ।
आयोगको प्रतिवेदनअनुसार संघीय शिक्षा ऐन बनाउने मन्त्रालयले जनाएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS