अमेरिकी ट्याक्सी क्याब उबरको फ्लाइङ ट्याक्सी युनिट उबर एलिभेटले पहिलो पटक उबर एयर सिट पहिचान गरेको छ ।
उबर एलिभेटका अनुसार आगामी पाँच वर्षमा विभिन्न देशका रुटमा उड्ने ट्याक्सी संचालन गर्न भएको छ ।
पाँच देशको सूचीमा भारत, जापान अष्ट्रेलिया, ब्राजिल र फ्रान्समा उड्ने ट्याक्सी संचालन गर्ने जनाएको छ ।
कम्पनीले ड्रोनमार्फत परिक्षण गरि रहेको छ । त्यससंगै एसिया प्यासिफिक क्षेत्रका अदीयमान एयर रुपमा सेवा विस्तारमा लाग्ने उबरको भनाइ छ । उबर एयर रुटले लोकल ट्रान्सपोर्टमा महत्वपूर्ण भुमिका खेल्ने अनुमान गरिएको छ ।
उबरले विश्वव्यापी रुपमा उबर एरियल बनाइ रहेको छ । यो प्रणाली मार्फत अबको पाँच वर्ष भित्र एउटा बटम थिचेर उड्ने उबर बुक गर्न सकिने छ ।
FACEBOOK COMMENTS