काठमाडौं । रुसले कोरोनाविरुद्धको खोप सहयोग गर्ने प्रस्ताव गर्दा समेत उत्तर कोरियाले खोप लिन अस्वीकार गरेको छ।सर्वोच्च नेता किम जोङ उनले हालै लकडाउनका कारण देशमा खाद्य संकट उत्पन्न भएको बताएसँगै रुसले खोप सहयोग गर्ने प्रस्ताव राखेको थियो।
रुस बाहेक अन्य राष्ट्रले पनि उत्तरलाई खोप सहयोग गर्ने प्रस्ताव राखेका छन्। यद्यपी उत्तर कोरिया खोप लिन अस्वीकार गरेको बीबीसीले जनाएको छ।कोरोना भाइरसका एक पनि संक्रमित नभएको दाबी गर्ने उत्तर कोरियाले खोप सहयोगको रुपमा लिन अस्वीकार गरेर देशमा लकडाउन गरेको छ।
उसले लकडाउनका साथै अन्तर्राष्ट्रिय सीमा बन्द गरिदिएको छ।खोपको स्थानमा उत्तरले कोरोनाबाट बच्न लकडाउन र सीमा बन्दलाई नै उपयुक्त उपचार ठानेको देखिएको हो।
उत्तर कोरिया बन्द मुलुकजस्तै छ। त्यहाँका सूचना कमै रुपमा बाहिरिन्छन् जसका कारण त्यहाँ महामारीको रुप लिएको कोरोनाले एक पनि संक्रमित नबनेको विषयलाई अन्तर्राष्ट्रिय समुदायले पत्याउँदैनन्।उत्तरले पछिल्लो समय कोरोना खोप बनाइरहेको चर्चा पनि चलेको थियो।
FACEBOOK COMMENTS