काठमाडौं, पुस १ – कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनीक भीलाई उत्तर कोरियाले खरिद गरेको छ । उत्तर कोरिया सरकारले चिनियाँ स्वास्थ्य सामाग्रीको साथै थर्मोग्राफ खरिद गरेको जापानी पत्रिका असाहीले मंलबार उल्लेख गरेको छ ।
खोपको मूल्य र परिमाण भने अझै सार्वजनिक भइसकेको छैन् । उत्तर कोरियाका नेता किम जोङ उनमाथि खोप प्रयोग भएको छ छैन् भन्ने कुनै डाटा सार्वजनिक नभएको अधिकारीहरुले जनाएका छन् । भ्याक्सिन पूर्ण रुपले सुरक्षीत भए मात्र यसलाई प्रयोगमा ल्याउने सरकारको निर्णय रहेको छ । भ्याक्सिनकै कारण दक्षिण कोरिया र चिनियाँ उधोगपतिहरले उत्तर कोरियासंग व्यापार बढाउन प्रयोग गरिरहेको जनाइएको छ ।
थरमोग्राफलाई चीन र उत्तर कोरियाबीचको बार्डरमा स्थापित गरिएको छ । उत्तर कोरियाली सरकारले दूवै देशबीचको व्यापार र अर्थतन्त्रलाई चलायमान बनाउन र सामान्य स्तरमा ल्याउन उक्त कदम चालेको हो । उत्तर कोरियाली आधिकारिक डाटा अनुसार उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसका संक्रमित देखिएका छैनन् भने सोही कारण भाइरसको फैलावलाई रोक्न सरकारले सीमा, स्कुलको साथै मुलुकभर लकडाउन गरेको थियो ।
FACEBOOK COMMENTS