काठमाण्डौँ — नेपालगन्जको गाउँगाउँमा तरकारी उत्पादन बढ्दै गए पनि अझै ठूलो परिमाणमा भारतबाटै तरकारी आयात भइरहेको छ ।
बाँकेका विभिन्न स्थानमा व्यावसायिकरूपमै तरकारी उत्पादन हुँदै आए पनि सो उत्पादनले माग पुरा नभएकाले आयात बढ्दै गएको व्यवसायीहरूले बताएका छन् ।
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालगन्ज नाका भएर १ अर्ब ६९ करोड ७२ लाख मूल्य बराबरको तरकारी आयात भएको छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १ अर्ब ६९ करोड ७२ लाख मूल्य बराबरको ६६ हजार ७ सय ६७ मेट्रिक टन तरकारी आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०७४/७५ मा ९१ करोड ८२ लाख ८६ हजार रूपैयाँ मूल्यको तरकारी भन्सार भएर भित्रिएको थियो ।
तर यसपटक ८ महिनाकै अवधिमा त्योभन्दा करिब ७८ करोडभन्दा बढीको तरकारी आयात भइसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।
यसरी ठूलो परिमाणमा आयात भएको तरकारीमा साढे ५ करोड किलो आलु, ७७ लाख किलो प्याज, १५ लाख किलो गोलभेडा, २० लाख किलो सागपात र हरियो तरकारी र ४५ लाख किलो बोडी रहेको भन्सार प्रमुख निरौलाले जनाए ।
— कारोबार
FACEBOOK COMMENTS