श्रीकृण्ण थापा
उदयपुर, चैत्र १२- विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि हालसम्म ३ जना कोरोना सक्रमितहरु भेटिएका छन भने १ जना पुर्ण रुपमा ठिक भइ घर फर्किसकेका छन । कोरोना भाइरसको जोखिमलाइ मध्यनजर गर्दै सरकारले मङ्गलबारबाट देशभरीनै लकडाउनको घोषण गरि कार्यन्वयनमा ल्याएको छ ।
सरकारको घोषणलाई पुर्ण रुपमा कार्यन्वयन गराउन सहयोग पुराउने हिसाबले बेलका नगरपालिका उदयपुरका युवाहरु स्वतस्स्फूर्त परिचालित भएका छन । शुभ बिहानी नेपाल नामक संस्थाले ग्रामिण क्षेत्रमा रहेका नागरिकलाइ कोरोना सम्बन्धि सचेतना जागरण गर्नका लागि घरदैलो कार्यक्रम गरेका छन । उनीरुले नागरिकलाई कोरना भाइसको जोखिम र यसबाट वचन सक्ने उपायहरुबारे सचेतना जागरण गरे का हुन ।
संस्थाले सचेतनामुलक ब्यानर सार्वजनिक स्थलमा टासेको, पम्लेट बाड्ने कार्य गरेको जानकारी संस्थाका सचिव अमर सिवाकोटी गराए । सिवाकोटीका अनुसार २०० थान मास्क बितरण गरिएको र सार्वजनिक स्थानमा साबुन पानी सहित हात हुने ब्याबस्थापन समेत गरिएको जानकारी दिए ।
FACEBOOK COMMENTS