काठमाडौं– टाट पल्टिएको उदयपुर सिमेन्टलाई नाफामा लैजानै सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।
मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
उनले सोमबारनै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए।
उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार पौडेल,अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो। निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो। पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्।
पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त आयल निगम कसरी हाक्छन् सबैको चासोको विषय हो ।
FACEBOOK COMMENTS