काठमाडौं, बैशाख १० – उदयपुरको भुल्केमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लालाई नै सिल गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जना भारतीयमा कोरोना संक्रमण देखिएकोमा उनीहरुसँग सम्पर्कमा रहेका थप ११ जना स्थानीयमा कोरोनाको संक्रमण पुष्टि भएसँगै जिल्लालाई नै सिल गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । ।
बाहिरी देशबाट आएकाबाट स्थानीयमा समेत संक्रमण बढेपछि प्रदेश नम्बर १ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् ।