ललितपुर, ०६ मङ्सिर -ललितपुर महानगरपालिका वडा नंबर ०५ का अध्यक्ष विकासमान श्रेष्ठले उद्यमशिलता तालिमले स्थानिय सरकारको जग बलियो हुने बताएका छन् । ललितपुर ०५ नबंर वडाको सहयोगमा थसिखेल महिला समूहले आयोजना गरेको ४ महिने एडभान्स सिलार्इ तालिमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन । स्थानिय स्तरमा विकासवादी नेताको पहिचान बनाएका वडाध्यक्ष श्रेष्ठले भने ‘बिकास जादुको छडी होइन, यसका लागि ठोस योजना, कार्यन्वयन शक्ति, जन अपेक्षालाई बुझ्न सक्ने क्षमता, देश, समाज र जनताका र्इच्छा शक्तिलाई बुझ्ने भावना जनप्रतिनिधीमा हुनुपर्छ र अझ उद्यमशिलता तालिमलाई प्राथमिकतामा राख्न सके स्थानिय तहको जग बलियो हुन्छ -हुन्छ ।’ कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष श्रेष्ठले सिुलाई मेसिन चलायर तालिमको उद्घाटन गरेका थिए ।

कार्यक्रम सभापतिको आसनबाट बोल्दै थसिखेल महिला समूहकी अध्यक्ष वसन्ती रिजालले साधारण तालिम पस्चात् एडभान्स कोर्ष दिन लागेकोले यसबाट ब्यवसायिकपनको विकास हुने दावी गरिन ।
कार्यक्रममा वडा सदस्य पुनम निरौला, महिला सदस्य सोभा देवी प्रधान श्रेष्ठ, समुहका सल्लाहकार विजयनाथ जोशी, कुमारीपाटी फस्टलेन टोल विकास संस्थाका अध्यक्ष इन्द्र कुँवर, प्रशिक्षक सुनिता श्रेष्ठ लगायतले मन्तब्य धारणा राखेका थिए ।कार्यक्रममा समूहकी उपाध्यक्ष जिना शाक्यले संन्चालकको भूमिका निभाएकी थिईन् ।



