अनिल केशरी शाह
स्टार्टअप विजनेशको लागि चाहिने सबै भन्दा चाहिने महत्वपूर्ण ‘युवा’ हो । मेरो उमेरमा आएर धेरै कम मानिसले मात्र स्टाटअप विजनेश गर्छन् । जुन देशमा अधिकांस जनसंख्या ६० वर्ष भन्दा माथिका छन् त्यहाँ स्टार्टअप विजनेश खासै आउदैन । जुन देशमा २५ वर्ष आसपासका युवा धेरै छन् त्यहाँ यस्तो बिजनेश फस्टाउँछ । त्यो नेपाल हो । अहिले नेपालको जनसंख्याको धेरै प्रतिशत युवा छन् जुन नयाँ कुरा बजारमा ल्याउन सक्षम छन् ।
युवामा हुने जोस जागर बुढामा हुँदैन । नयाँ काम र सोचको लागि युवा नै चाहिन्छ । युवाहरुमा त्यो हुटहुटी हुन्छ जुन बदल्न सक्छु भन्ने आँट हुन्छ । स्टार्टअप मात्र होइन अहिले म विदेशमा जाँदा पनि नेपाली युवा नयाँ नयाँ उद्यम चलाएको भेट्छु । बुढाहरुमा त्यो जोस कम हुन्छ । नेपालमा धेरै मानिस जागिरको खोजिमा छौं । पढ्छौ सर्टिफिकेट हातमा ल्याउछौं अनि ढोका ढोकामा जागिरको लागि हिड्छौं ।
नेपालको लागि अहिले जागिर खेज्ने भन्दा पनि जागिर दिने मानिस चाहिएको हो जुन युवाले गर्न सक्छन् । युवाहरुले नयाँ उद्यम गरेर हजारौंलाई जागिर दिन सक्ने हुन्छन् । फेरी कुनै युवा एकैपटक करोडौं हालेर बैंक खोल्छु भनेर लाग्नु भयो भने डुब्नुहुन्छ । जुन युवाले सानो व्यवसायबाट सुरु गर्छ त्यो टिक्छ । अहिलेको युवाले नेपाललाई गालि गर्दै अमेरीका जानु पर्दैन । उसले चाह्यो भने नेपालमा उद्यम गर्न सक्छ । नेपालमा भाटभाटेनी एकै पटक स्थापित भएको होइन । सानो सटरबाट शुरु गरेर अनेकौ समस्या झल्दै अहिलेको अवस्थामा आएको हो । सुरुवात नगरी कोहि सफल हुँदैन ।
अहिले सबै जनाले भन्छ पैसा भयो भने मैले उद्यम गर्छु । तर के उद्यम गर्ने प्रश्न सोध्यो भने केहि उत्तर दिन सक्दैन । पैसा भए गरिहाल्छु भन्ने जवाफ दिन्छ । के गर्दै हुनुहुन्छ भनेर सोध्यो भने जागिर खादै छु भन्नुहुन्छ । जागिर छाडेर उद्यम गर्नुहुन्छ भन्दा कहाँ जागिर छाड्ने विजनेस गर्दै जागिर गर्ने भन्नुहुन्छ । त्यसरी कुनै बिजनेस नै हुँदैन । पैसा रोपेर फल्ने चिज होइन । पैसा चाहियो भन्दैमा कुनै बैंक तथा वित्तिय संस्थाले ऋण दिदैन । यसको लागि योजना र सोच आवाश्यक पर्छ । जसको काम प्रति पूर्ण लगाव हुँदैन त्यसले उद्यम गरेर खादैन । काममा खटिन नसक्ने मानिस उद्यम गरेर खादैन । दिनराज मेहेनत गरेपछि बल्ल फल आउँछ ।
हामी शुरुमै फल खोज्दै हिड्छौ त्यसले सफल हुन सक्दैनौं । मनलगाएर गरेको काममा थकान महशुस हुँदैन । काम गर्न रमाईलो लाग्छ । हाम्रो समाज यस्तो भएको छ कि कसैले अमेरीका वा अष्ट्रेलिया जान्छु भन्यो भने आमा वुवाले सम्पत्ति सबै बेचेर पठाउन पनि तयार हुन्छन् । विदेश गएपछि जिन्दगी बन्यो भन्ने आम बुझाई भएको छ । तर कुनै छोरा छोरी आएर बाबा मम्मी संग ५ लाख रुपैयाँ बिजनेश गर्न माग्यो भने दिन तयार हुदैनन् । उल्टै तँ के विजनेश गर्छस् भन्दै हर्काछन् ।
म पोलिटिसियन बन्छु , एक्टर बन्छु , विजनेश गर्छु कुनै छोरा छोरीले भन्छ भने अभिभावकले छोरा छोरी ब्रिगन थाल्यो अमेरीका गइहाल भन्छन् । युवाले उद्यमी बन्छु भन्यो भने यो समस्या झेल्नु पर्छ । समस्या छ भनेर काम नगरी कोहि विनोद चौधरी बन्दैन । मेहेनत गर्नुपर्छ र पसिना बगाउनु पर्छ ।
नेपालमा विजनेश गर्न अरु देश भन्दा धेरै सजिलो छ । जापान, अमेरीका, वेलायत, कोरियामा विजनेश गर्छुभन्दा कति प्रतिश्पर्धा होला । विजनेशको विषयमा नेपालमा भ्रम छ । नेपालमा हरेक वर्ष करोडौंको मासु बाहिर बाट आउँछ तर यहाँ कसैले बाख्रा पाल्छु भन्यो भने छिः गोठालो बन्ने भन्छन् । अरबमा उँट चराउँदा गोठालो नभइने, युरोपमा भाँडा माझ्दा गोठालो नभइने, कसैको पसलमा काम गर्दा गोठला नहुने तर आफ्नै बाख्रा व्यवासाय गर्छु भन्दा गोठालो हुने ? अरुको जागिर गर्दा गोठालो नहुने मान्छे आफ्नै काम गर्दा चाँहि गोठालो हुने ? यो हाम्रो भ्रम हो । जो आफ्नो उद्यममा बाँच उ स्वाभिमान हो ।
FACEBOOK COMMENTS