काठमाडौं, पुस २१ – औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । मन्त्रीस्तरको निर्णयबाट उनलाई विज्ञ उद्योगीको रुपमा सदस्य नियुक्त गरिएको हो ।
विज्ञ उद्योगीहरु मध्येबाट एक महिलासमेत गरी दुई जना नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । सो अनुसार विज्ञ उद्योगीको रुपमा गोल्यान सदस्य नियुक्त भएका हुन् ।
बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था छ । यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु साथै केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु सदस्य रहने व्यवस्था छ ।
FACEBOOK COMMENTS