काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागमा तीन महिनाको अवधिमा तेस्रो महानिर्देशक नियुक्त भएका छन्।
मन्त्रालयले महानिर्देशकमा विनोदप्रकाश सिंहलाई नियुक्त गरेको छ। सिंह यस अघि उद्योग मन्त्रालयमा सहसचिव थिए।स्वदेशी तथा विदेशी लगानीकर्तासँग प्रत्यक्ष जोडिने उद्योग विभागमा महानिर्देशकको नियुक्ती उद्योग मन्त्रीले गर्ने गर्छन्। उद्योग मन्त्रीमा मातृका यादव आएपछि तेस्रो महानिर्देशक नियुक्त गरेका छन्।
गत जेठ अन्तिम साता सम्म उद्योग विभागको महानिर्देशक शंकर अर्याल थिए। शंकर अर्याललाई हटाएर सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानेलाई महानिर्देशक नियुक्त गरिएको थियो।
न्यौपानेलाई भदौ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगा सरुवा गरेपछि गत भदौ २७ गते सिंहलाई विभागको महानिर्देशक नियुक्त गरिएको हो।
FACEBOOK COMMENTS