काठमाडौं,कातिक २५- उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
ल्यान्डमार्क हाउजिङको विषयमा परेको उजुरीका आधारमा ज्योति समूह अन्तर्गतका विभिन्न कम्पनीको सेयर पद्म ज्योतिको पनि भएका कारण अनुसन्धान गर्न उद्योगी ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सोमबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको हो । प्रहरीले पद्म ज्योतिविरुद्ध पनि जाहेरी परेको भन्दै पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
हाउजिङसम्बन्धी ठगी मुद्दामा अनुसन्धान गर्न यसअघि नै प्रहरीले पद्म ज्योतिका भाइ रुप ज्योति र उनकी छोरी सुरुचीलाई पक्राउ गरिसकेको छ ।
FACEBOOK COMMENTS