काठमाडौं– नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको काम गर्ने तरिका लामो समयदेखी कुनै फरक नभएको बताएका छन् । उनले नेपालमा उद्योग व्यवसाय गरेर खाने वातावरण अझै नभएको बताएका हुन् ।
पाध्यक्ष श्रेष्ठले जबसम्म कानुन सरल बन्दैनन् तबसम्म नीजी क्षेत्र फस्टाउन नसक्ने बताए । ‘हाम्रो सबै कानुन तजविजी अधिकार सहितको छ जसले गर्दा छिटो काम सम्पन्न हुँदैन । हरेक कानुन पूर्ण हुनु आवश्यक छ जहाँ कर्मचारीले फाईल झुलाउन नसकोस् ।’
‘सरकारले निजी क्षेत्रसंग सम्बन्धीत कानुनबानउँदा छलफल गरेर मात्र बनाओस् , हामी पनि देशका नागरिक हौं देश राम्रो भएको हेर्ने चाहाना हाम्रो पनि छ,’ उनले भने ‘ हामीले राजनीतिक प्रणालीको परिवर्तन गर्यौ तर आर्थिक प्रणालीमा परिवर्तन गर्न सकेनौं । यती ठुलो राजनीतिक परिवर्तन भयो तर खै त उद्योग वाणिज्य क्षेत्रको परिवर्तन ?’
उनले आर्थिक क्षेत्रमा परिवर्तन नल्याई कसरी देश समृद्धि हुन्छ भन्दै सरकारलाई प्रश्न गरे । ‘हामी कन्ट्रोल इकोनोमिक पोलिसीमा जाने की खुल्ला इकोनोमिक पोलिसीमा जाने त्यो कुरा किलियर हुनुपर्छ ।’
‘ हामीले राजनीतिक प्रणालीको परिवर्तन गर्यौ तर आर्थिक प्रणालीमा परिवर्तन गर्न सकेनौं । यती ठुलो राजनीतिक परिवर्तन भयो तर खै त उद्योग वाणिज्य क्षेत्रको परिवर्तन ?’
‘अहिलेको सरकारको नीतिले साढे आठ प्रतिशतको आर्थिक वृद्धि हुन सक्दैन, विगत तीन–चार वर्षमा हाम्रो ६ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि भुकम्पपछिको पुन निमार्णको कारणले भएको हो,’ उनले यसमा थप्दै भने, ‘उद्योग व्यवसायको विकासको कारण आर्थिक वृद्धि भएको होइन। उद्योग धन्दा त खुम्चिदै छ । संकुचित हुँदै छ । हिजो हामी ९३ रुपैयाँको समाना निर्यात गरेर ७ रुपैयाँको समान आयत गर्ने देश बाट अहिले ९५ रुपैयाँका समान आयत गरेर ५ रुपैयाँका समान निर्यात गर्छौ । त्यसैले १३ खर्ब २१ अर्वको व्यपार घाटा भयो ।’
श्रेष्ठले नेपाल सिमेन्ट उद्योग संघको अन्तिरक्रिया कार्यक्रममा ‘२०४६ सालमा कुल ग्रहास्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १६ प्रतिशत थियो अहिले घटेर ८ प्रतिशतको हाराहारीमा पुगेको छ,’ उनले भने ।
उनले नजी क्षेत्र सरकारलाई सहयोग गर्न सधै तत्पर रहेको बताउँदै उद्योगी व्यपारी भनेको कालाबजारी होइनन् देशको आर्थिक वृद्धि गर्ने व्यवसायी हुन् भन्ने कुरा सरकारले बुझ्न आवश्यक रहेको बताए ।
त्यस्तै श्रेष्ठले. तिनै तहका सरकारले छुट्टा छुट्टै कर लगाउँदा व्यवसायी मर्कामा परेको बताएका छन् । ‘सरकारले जती कर उठाएपनि एकद्वारबाट उठाओस् हामी तिर्न तयार छौं,’ उनले भने ।
उद्योग विभागले एकद्वार प्रणाली लागुगरेकोमा खुसी व्यक्त गर्दै सबै निकायले यस्तो व्यवस्था गर्नुपर्ने बताएका छन् ।
FACEBOOK COMMENTS