काठमाडौं – सरकारले निजी क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा उद्योग बाणिज्य प्रवद्धन संम्वाद परिषद गठन गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सो परिषदमा २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् ।
विभिन्न क्षेत्रको सहभागीता रहेको परिषदले निजी क्षेत्रका समस्याहरु समाधानका उपाय खोज्नेछ ।
परिषदमा मेगा बैंककी सिइओ अनुपमा खुजेली, गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसायी आङछिरिङ शेर्पा, पद्यम ज्योति, राजेशकाजी श्रेष्ठ, सुरज वैद्य, भवानी राणा, लोकमान्य गोल्छा लगायतका २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् ।
FACEBOOK COMMENTS