काठमाडौं, वैशाख २५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारबाट करिब तीन हजार वटा अक्सिजन सिलिन्डर फिर्ता ल्याएको छ । मन्त्रालयले बजारमा विना प्रयोग राखिएका उक्त संख्याका सिलिन्डर फिर्ता ल्याएर अक्सिजन उद्योगमा बुझाएको हो ।
सिमेन्ट, वेल्डिङ, रड लगायत अन्य विभिन्न उद्योगमा औद्योगिक प्रयोजनलाई राखिएका तर महामारीका कारण अहिले प्रयोगमा नआएका समेत सिलिन्डर फिर्ता ल्याइएको छ । उद्योगमा थन्किएर बसेका एक हजार ८७६ र सर्वसाधाणको घरबाट एक हजार ९४ वटा सिलिन्डर फिर्ता लिएको बताएको छ ।
प्रधानमन्त्री कार्यालयलाई बुझाएको तथ्यांकअनुसार फिर्ता ल्याइएको सबै सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगलाई दिइएको छ । फिर्ता पाएको सिलिन्डर अक्सिजन भरेर बजार पठाउने तयारी भइहेको छ ।
दोस्रो लहर बढेसँगै अक्सिजनको अभाव हुन सक्ने भन्दै अक्सिजन आपूर्ति व्यवस्थापन मिलाउने जिम्मा उद्योग मन्त्रालयले पाएको छ । जिम्मेवारी पाए लगत्तै मन्त्रालयले आफ्नो काम सुरु गरेको हो ।
सोहीक्रममा मन्त्रालयले काठमाडौं उपत्यकाका अक्सिजन उद्योगको अनुमगन समेत गरेको छ । उद्योगमा पुगेर उत्पादनको स्थिती बुझ्न अनुगमन गरेको हो । यसैगरी, अक्सिजन सिलिन्डर र अक्सिजनको आपूर्ति व्यवस्थापन बुझ्न बजार अनुगमन पनि गरेको छ ।
FACEBOOK COMMENTS