काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रममा संयोजकको रुपमा नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुक्रबार व्यवसायी वैद्यलाई तीन वर्षका लागि भ्रमण वर्ष २०२० को कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको जानकारी दिएका छन् ।
वैद्य सार्क उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् ।
०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरिएको थियो । घोषणा अनुसार सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उक्त भ्रमण वर्षमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS