काठमाडौं, बैशाख १६- उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले सोमबार राती नियन्त्रणमा लिएको छ ।
उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि इलाका प्रहरी कार्यालय मलाखेतीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।
कोरोनाको महामारीका कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजेनै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी अभद्र व्यवहारमा मुद्धा चलाउने प्रहरीको तयारी छ ।
FACEBOOK COMMENTS