काठमाण्डौँ — उद्योग वाणिज्य संघ सर्लाही लालबन्दीको अध्यक्षमा कल्याण कुमार जोशी निर्वाचित भएका छन्।
सोमबार सम्पन्न मतगणनाको नतिजाअनुसार जोशी नेतृत्वको २१ सदस्यीय प्यानल नै विजयी भएको हो।
नेपाली कांग्रेसनिकट जोशीले प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विक्रम भण्डारीलाई २४९ मतले पराजित गरेका छन्।
यस्तै, संघको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्याक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः जोशी प्यानल कै लालबाबु साह, श्रीनारायण साह, सूर्यकुमार श्रेष्ठ, दीपक बलम्पाकी, भरतबहादुर खड्का, रामप्रसाद देवकोटा र पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन्।