काठमाडौं, २१ वैशाख-नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलले शनिबार उद्योग सचिव चन्द्र घिमिरेसँग भेट गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष उमेश प्र. सिंहको नेतृत्वको टोलीले सचिव घिमिरेलाई उहाँकै कार्यकक्षमा भेट गरि कोरोनाका कारण उत्पन्न परिस्थितिले देशभरका उद्योगमा परेको प्रभाव बारे जानकारी गराएको छ ।
भेटका क्रममा महासंघ प्रतिनिधिमण्डलले लघु, घरेलु र साना उद्योगको वर्तमान अवस्था, सरकार र राष्ट्र बैंकद्वारा घोषित राहत प्याकेज र उद्योगको पुनर्स्थापनाका लागी सरकारले तत्काल मध्य तथा दिर्घकालमा चाल्नुपर्ने कदम र आगामी बजेटले संबोधन गर्नुपर्ने बिषयको बारेमा बृहद छलफल गर्यो। सो भेटघाटमा सचिव घिमिरेले मन्त्रालयले खेल्नुपर्ने भुमिकाका लागि मन्त्रालय प्रतिबद्ध रहेको र यसलाई गति दिन आफुले पहल गर्ने आशय ब्यक्त गर्दै यसका लागी अझ ब्यबस्थित ढन्ङ्गबाट लिखित सुझाव आओस भनी आग्रह समेत गरे ।
महासंघको सो प्रतिनिधि मण्डलमा निवर्तमान अध्यक्ष सुरेश प्रधान, सहकारी तथा रोजगार उपाध्यक्ष अन्जना ताम्रकार, महिला उद्यमशिलता उपाध्यक्ष शोभा गुरुङ्ग, महासंघ ४ नं प्रदेश अध्यक्ष तथा महासंघका उपाध्यक्ष हरिहर थापा, महासंघका बस्तुगत उपाध्यक्ष तथा गृल तथा स्टिल ब्यवसायी महासंघका अध्यक्ष मोहन कट्वाल तथा महासंघका केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापती सहभागी थिए ।
FACEBOOK COMMENTS