काठमाण्डौ– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले संभावना बोकेको भोजपुर जिल्ला पछि परेकोमा चिन्ता व्यक्त गरेका छन् ।
भोजपुर वाणिज्य संघको दर्शौ वार्षिक साधरण सभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
श्रेष्ठले भोजपुर जिल्लामै जन्मिएर राष्ट्रको महत्वपूर्ण ठाउँमा पुगे पनि जिल्लाको लागि केहि नगरेको बताए ।
कृषी, पर्यटन लगाएतका क्षेत्रमा भोजपुरलाई अगाडि बढाउन सके समग्र जिल्लाको विकास हुने बताए ।
उनले आफु पैसामा भन्दा पनि श्रम र सिपमा विश्वास गर्ने बताए । भोजपुरका महिलाहरुको विकासलागि आफुले महिला उद्यमशिलताको लागि सहयोग गर्ने बताएका छन् ।
भोजपुरको सधरण सभामा वाणिज्य महासंघका अध्यक्ष भवानी राणा , पूर्व अध्यक्ष चण्डीराज ढकाल , चन्द्र प्रशाद ढकाल लगाएत महासंघका प्रतिनिधिको सहभागिता रहेको थियो । साधरण सभाले भोजपुर वाणिज्य संघमा नयाँ प्रतिनिधी चुन्ने भएको छ ।
संघको निवचनका लागि अध्यक्षमा रामचन्द्र श्रेष्ठ र धुव्रलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
FACEBOOK COMMENTS