मदन तिमल्सेना
तनहुँ, २२ भाद्र -ऋषिङको दिखोलामा आज भएको जिप दुर्घटनामा परि सख्त घाँईते बनेका चालक होम बहादुर श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा दमौली अस्पतालमा उनको ज्यान गएको हो । घटनामा परि घाइते हुने मध्ये व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठको यस अघि नै मृत्यु भएको थियो ।
जिपमा सवार अन्य छ जना घाईते छन्। घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भैरहेको छ । केहीलाई उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।व्यास ५ का व्यक्तिहरु चढेर चापाघाटबाट ऋषिङको खाल्टे जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप विहान दिखोलामा खसेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।
घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भैरहेको छ । केहीलाई उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।
FACEBOOK COMMENTS