काठमाडौं, मंसिर २३ – सोमबार काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै कम मापन गरिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार काठमाडौंको सोमबार बिहानको तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियसमा झरेको छ ।
यो तापक्रम अहिलेसम्मकै न्यून रहेको महाशाखाले जनाएको छ । यस्तै, सोमबार देशको पूर्वी र मध्य पहाडी भेगको आकाशमा बादल लाग्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
तराई क्षेत्रमा भने अहिले हुस्सु लागेको छ । दिउँसो घाम लागेसँगै हुस्सु विस्तारै हटेर जानेछ । बुधबारसम्म देशभरीकै मौसम यस्तै रहने र बुधबारबाट पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्ने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS