काठमाण्डौँ — यस वर्षको दसैंका लागी ७० हजार खसीबोका तथा च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी छ ।
दसैंमा अधिकांश नेपालीले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका खपत हुने भएको हो ।
गत वर्षको दसैंमा ५० हजार संख्यामा खसीबोका खपत भएका थिए ।
यो वर्ष गत वर्षको तुलनामा २० हजार बढी खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् ।
चाडपर्व सुरु हुन थालेपछि बजारमा खसीबोका भित्रिने क्रम सुरु हुन थालेको छन् ।
पछिल्लो समय मासु उपभोग गर्नेका संख्या बढ्दै गएकाले पनि यो वर्ष खसीबोका बढी खपत बढी हुने देखिएको व्यवसायीको भनाइ छ ।
— कारोबार
FACEBOOK COMMENTS