काठमाडौं, वैशाख १३ – संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा गर्ने घोषणासँगै अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त रुपमा जारी गरिएको आदेशमा उक्त कुरा उल्लेख गरिएको छ । आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने निर्देशन गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस्– निषेधाज्ञामा के–के गर्न पाइन्छ के–के गर्न पाइँदैन ?
FACEBOOK COMMENTS