काठमाडौं, माघ ७- उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ उपभोक्ताको पक्षमा काम गर्न छाडेर आइएनजीओका जागिरे भएका छन् । उनी युएनडीपीको सस्टेन्बल डेभलपमेन्ट गोलको संयोजकका रुपमा नियुक्त भएका हुन् ।
आइएनजीओका जागिरे भइसकेपछि पनि बानियाँ उपभोक्ता अधिकारकर्मीकै हैसियतमा विभिन्न कार्यक्रममा भाग लिइरहेका छन् ।
स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको उपभोक्ता अधिकारसम्बन्धी ऐन नियम परिमार्जनको जिम्मा पाएका बानियाँलाई उपभोक्ता अधिकारसम्बन्धी कानुन निर्माणमा पनि आइएनजीओबाट प्रभावित भएको आरोप लाग्दैं आएको छ ।
उपभोक्ता हित संरक्षण मंचको स्थापनाकालदेखिका अध्यक्ष रहेका बानियाँकै अग्रसरतामा उपभोक्ता संरक्षण ऐन २०७६ र नियमावली २०७६ तथा नापतौल तथा गुणस्तर ऐन २०२५ परिमार्जन भइसकेका छन् । जुन कानुन उपभोक्ताको पक्षमा नभएको गुनासो पनि आएका छन् ।
FACEBOOK COMMENTS